२०८३ कार्तिक १२ गते बिहिवार

राप्ती सोनारीको टिकुलीपुरमा भिषण आगलागी

तुलसीपुर,२ वैशाख । बाँकेको राप्ती सोनारी गाउँपालिका २ टिकुलीपुरमा भिषण आगलागी भएको छ । शुक्रवार दिउँसो करिब तीन बजे देखि लागेको आगोबाट १२ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिकाको दमकल, एउटा पानी ट्यांकर, सुरक्षाकर्मी तथा स्थानीयहरु लागिपरेको प्रहरीले बताएको छ । आगलागी नियन्त्रणको लागि नेपालगन्जबाट दुई वटा दमकल समेत मगाएको र आगलागी बारे बिवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।