तुलसीपुर,१ बैशाख । बृद्घ सेवा समिति तथा जेष्ठ नागरिक संमाजले नयाँ वर्षको शुभारम्भमा शुभकामना आदानप्रदान कार्यक्रम तुलसीपुरमा सम्पन्न गरेको छ । बृद्घ सेवा समिति तुलसीपुरका नगर कमिटि अध्यक्ष पूर्ण बहादुर खडकाको अध्यक्षता तथा जेष्ठ नागरिक समिति लुम्बिनी प्रदेशका सभापति खुमान्नद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरकारले जेष्ठ नागरिलाई सहज रुपमा जिवनयापन गर्ने बातावरण निर्माण गरोस भन्दै शुभकामना ब्यक्त गरिएको थियो । साथै पछिल्लो समय जेष्ठ नागरिलाई हेर्ने दृष्टिकोण फरक भएकाले राज्यले यस प्रति पनि गम्भिर भएर लाग्नु पर्ने उपस्थित सहभागीले जोड दिएका थिए । सो अवसरमा जेष्ठ नागरिक समाज तुलसीपुरका सदस्य एकराज ढाल,लोकमणी पाण्डे,सचिव गोविन्दराज शर्मा, सोभाराम खड्का, राधिका भण्डारी,ललित बहादुरवली,बुद्धिराम भुसाल,अम्मर बहादुर डाँगी,खिमलाल काफ्ले,गौरीलाल डाँगी,ज्योति प्रसाद कडल,तुला बस्नेत,मैया डाँगी, हरिकला भुसाल,पदम बहादुर शाही र यम प्रसाद भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । समितिका सचिव गोविन्दराज आचार्यको स्वात मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव राधेश्याम उपाध्यायले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमा भजन कृतन गरी उपस्थित सहभागीले आ–आफ्नो प्रस्तुति समेत राख्नु भएको थियो ।






