दंगीशरण, २४ चैत । सबैका लागि पढाई कार्यक्रम अन्र्तगत स्थानीय तहसंग योजना तर्जुमा तथा समन्वयात्मक बैठक आज बिहिबार दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । अपांग मानव अधिकार एंव सरोकार मञ्चका सदस्य देवका खनालको अध्यक्षता एंव गाउापालिका उपाध्यक्ष पिमा कुमारी वली खड्काको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले प्रारमभिक पहिचान पश्चात कार्यगत सिमीतता भएका बालबालीकालाई स्वास्ंथय सस्ंथमा समन्वय गर्ने र स्वास्थय जाचँ सम्म पुगेका बालबालीकालाई आवश्यक यातायात खर्च अपांग मानव अधिकार एंव सरोकार मञ्चले ब्यवस्थापन गर्ने, यस प्रारम्भिक पहिचान कार्यलाई निरन्तरता दिनका लागि शिक्षा योजनामा वार्षिक कार्य योजनामा समावेश गर्ने निर्णय गरियो, यसतै आर्थिक वर्ष २०७९÷०८० मा कार्यगत सिमीतता भएका बालबालीकालाइृ स्वास्थय जाचँ तथा साहयक सामग्री सम्बन्धि योजना तयार गर्ने र स्वास्थ्य सेवामा पहँच पु¥याउँने निर्णय गरेको छ । यूएसएआईडि को आर्थीक सहयोग तथा विश्व शिक्षाको साझेदारीमा बसेकोे बैठकमा प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्का, वडा न. ३ का वडा अध्यक्ष छोटिराम चौधरी, प्रशासन शाखाका यादव डांगी, योजना शाखा प्रमुख लेखनाथ आचार्य, स्वास्थय शाखा प्रमुख दशरथ गिरी, शिक्षा शाखाका उमा के.सी, महिला बालबालीका शाखाका सुन कुमारी घर्ती लगाएत १७ जनाको सहभागिता रहेको थियो ।
अपांगता परियोजना अधिकृत रामसंकर यादवका अनुशार यस परियोजनामा दाङमा रहेका ४ सय छ वटा विधालयहरु मध्ये स्रोत कक्षा संचालन भएको विधालय संख्या ४ वटा रहेका छन् भने वहिरा कक्षा संचालन विधालय संख्या १ वटा रहेको र बौद्धिक अपांगता कक्षा संचालन भएका विधालय १ वटा रहेको छ । सो अवसरमा अपांगता तथा कार्यगत सिमीतता भएका बालबालीकाको प्रारम्भिक पहिचान गरि पठन सिपमा सुधार गर्ने प्रकृया, कार्यगत सिमितता भएका बालबालीहरुको स्वास्थय अवस्थामा सुधार ल्याउँनका लागि गरिने योजनाका विषयमा छलफल भएको थियो ।
यस्तै दंगशिरण को २०७७ को तथ्यांक अनुशार १४ वटा सामुदायीक विधालयमा पढ्ने आँखा सम्बन्धि समस्या भएका १३ जना, कान १२ जना, शाररिीक अपांगता २० जना, आँखा, कान र शारीरीक रुपमा अपांग भएका ४५ र बौद्धिक अपांगता भएका ३८ गरि जम्मा ८३ जना बालबालीकाहरु स्वास्थयगत रुपमा अपांगता रहेको शिक्षा शाखाले जनाएको छ । सबैका लागि पढाई परियोजना कार्यक्रम प्रारम्भिक बालबिकाश केन्द्र देखि कक्षा ३ सम्म अध्ययनरत बालबालीकाहरुको समुहलाई समेटिने गरेको छ । यस्तै अपांगता तथा कार्यगत सीमीतता भएका कक्षा १ देखि ३ सम्मअध्ययनरत बालबालीकाहरुको समुहलाई लक्षीत गरिएको छ । अपांगता भएका बालबालीकाहरुको तथ्यांकको गुणस्तरमा सुधार ल्याउँने, अपांगता भएका बालबालीकाहरुको सिप सुधारका लागि गुणस्तरीय शिक्षण विधि लागु गर्ने विभीन्न तहमा सस्ंथागत एंव प्राविधिक क्षमता बढाउँने र अपांगता भएका बालबालीकाहरुको विशेष समुहहरुको लागि विस्तार गर्न सकिने समावेशी शिक्षणको नमुनाहरु परिक्षण गर्ने उद्धेश्यले अपांग मानव अधिकार एंव सरोकार मञ्च दाङले यस कार्यक्रम संचालन गरेको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।