तुलसीपुर २२ चैत्र । बाल श्रम मुक्त वडा बनाउनका लागि तुलसीपुरमा जनप्रतिनिधीसंग छलफल गरिएको छ । युनिसेफको सहयोगमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले वडा अध्यक्ष र वडा सचिवसंग छलफल गरेको हो । महिला बालबालिका तथा सामाजिक विकास शाखाले उपमहानगरका १, २, १७ र १८ नम्बर वडामा बाल श्रम मुक्त वडा घोषणाका लागि विशेष अभियान सुरु गरेको छ । चार वट वडा मध्य २ नम्बर वडालाई २४ गते बाल श्रम मुक्त वडा घोषणा गरिदै छ ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा भएको छलफल कार्यक्रममा उप प्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, तुलसीपुर उपमहागनरपालिका–६ का वडा अध्यक्ष नवराज लामीछाने, १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, २ का वडा अध्यक्ष राजु आचार्य, एक नम्बर वडा सचिव रमा खड्का, १८ नम्बर वडा सचिव रामकुमारी मरासेनी, १७ नम्बर वडा सचिव गोपाल न्यौपाने, जनस्वास्थ्य निरीक्षक बिमल केसी लगाएतले अभियानलाई सफल पार्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नु भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।