२०८३ जेष्ठ २३ गते शनिवार

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं २० चैत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।  अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया