२०८३ असार ११ गते बिहिवार

आज पनि सुनको भाउ ५ हजार २ सय रुपैयाँले घट्यो

दाङ,११ असार । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ ३ हजार ६ रुपैयाँले घटेको थियो ।आज चाँदीको भाउ पनि २ सय ५० रुपैया घटेको छ । चाँदीको भाउ आज २ सय ५० रुपैयाँ घटेर तोलाको ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया