२०८३ जेष्ठ २३ गते शनिवार

दुई किशोर दुई दिनदेखि सम्पर्क विहिन

फाइल फोटो

बाग्लुङ,८ चैत । बाग्लुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतवार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र त्यही ठाउँका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो ।

आइतवार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।परिवारले किशोरहरूलाई खोजी दिनका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई त्यो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया