२०८३ असार ९ गते मङ्गलवार

वडा नम्बर ६ का वडाअध्यक्ष लामाको वडा कार्यलयमै निधन

सांकेतिक तस्विर

सिन्धुली,७ चैत । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कुरसाङ लामाको निधन भएको छ । वडा कार्यालयमै बसी रहेका बेला एक्कासी उच्च रक्तचाप बढेर हृदयघात हुँदा उहाँको ४३ वर्षको उमेरमा निधन भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । दिउँसो वडा कार्यालयमा भएको बैठक सकिएपछि होटलमा खाजा खाएर वडा कार्यालयमै फर्किनुभएका वडाअध्यक्ष लामको निधन भएको बम्जनले बताउनुभयो ।

वडाअध्यक्ष लामा आफ्नै टेबलमा डलेपछि उहाँलाई वडा कार्यालय नजिकै रहेको कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीमा पु¥याइएको थियो । तर, उहाँको बाटोमै निधन भइसकेको वडा सदस्य हर्कबिर माझीले बताउनुभयो । मरिण गाउँपालिका –६ बाँझडाँडा घर भएका वडा अध्यक्ष लामा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । उहाँको मंगलवार बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिने छ ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया