२०८३ असार १३ गते शनिवार

प्रतिनिधि सभाको बैठक आज बस्दै

फाईल फोटो

काठमाण्डौ,२९ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवारविरुद्धको महाभियोग प्रस्तावमा छलफलको मितिबारे टुङ्गो लगाइने भएको छ । संसद सचिवालयका अनुसार बैठकमा प्रधानन्यायाधीश जवराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण हुने छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, पम्फा भूसाल र एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ प्रस्तावक र अरु ९५ जना सांसदको समर्थनमा जवराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया