२०८३ असार ८ गते सोमवार

रास्वपाको बन्द सत्र आजका लागि स्थगित

फोटो फाईल

चितवन, ८ असार । रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो ।

रास्वपाका स्रोतका अनुसार, आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउने गरी तयारी गरिएको हो । बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया