तुलसीपुर,२८ फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी विहानै देखी मतदान जारी छ । निर्वाचन समितिका अनुसार विहान सवा आठबजे देखी मतदान सुरु भएको हो । संस्थाका तिन हजार १सय ४६ मतदाता रहेकोमा यो समाचार तयार पार्दा सम्म ५१२ जनाले मतदान गरी सकेका छन् । मतदान गर्नका लागी छ वटा बुथ बनाईएको छ । मतदाताहरुको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ । संस्थाको नयाँ नेतृत्वका लागी सहमती नजुटेपछि आज मतदान भएको हो । संस्थाको नेतृत्वका लागी दुई समुह चुनावी मैदानमा रहेका छन् । संस्थाको नेतृत्वका लागी भिमकान्त बस्याल(संगित)को नेतृत्वमा सयुक्त प्यानल र चन्द्रकान्त खरेलको नेतृत्वमा लोकतान्त्रिक सयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।