फाईल फोटो
तुलसीपुर,१५ फागुन । पश्चिम दाङको एक घरमा आगलागी भएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ बैशा निवासी बिष्णु प्रसाद शर्मा (ठिङबाङगे)को घरमा आज आइतबार दिउँसो १२ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । घरमा कोहि नभएको बेला एक्कासी आगलागी हुँदा नगद ३ लाख, लत्ता कपडा सहित करिब ८ लाख ७३ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । आगो कसरी र के कारण लागेको भन्ने बारे अनुसन्धान गरि रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । केहि दिन अघि पनि उनैको पक्की घरमा आगलागी भएको थियो । त्यसैगरी आगोलाई प्रहरी र स्थानीयबासीले करिब १ घण्टा पछि नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।