फाईल फोटो
तुलसीपुर,७ फागुन । बाँकेमा बाघले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती सोनारी गाउँपालिका ६ बस्ने ६० वर्षीय धन बहादुर चलाउने रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । शनिबार बिहान १० बजे राप्ती सोनारी सामुदायिक वनमा घाँस,दाउँरा लिन गएका चलाउनेलाई बाघले आक्रमण गरेको प्रहरीले बताएको छ । बाँके राष्ट्रिय निकुञ्जमा यस भन्दा अघि पनि बाघले पटक–पटक मान्छेलाई आक्रमण गर्दै आएको छ । तर बाघलाई भने नियन्त्रण लिन नसक्दा स्थानिय त्रसित बन्दै आएका छन ।
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।