हापुरे, ६ फागुन । पश्चिम दाङको बबई गाउँपालिकामा ४५ दिने कटाई सिलाई तालिम सुरु भएको छ। बबई गाउँ पालिकाको आर्थिक सहयोगमा घरेलु तथा साना उधोग घोराही दाङको आयोजनामा ४५ दिन सम्म सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
बबई गाउँपालीका वडा नम्बर ६ का वडा अध्यक्ष राम बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले घरका चुलो चौकामा मात्रै सिमित रहने महिलाहरु पछिल्लो समय सीप सिकेर आत्मनिर्भर बन्न थालेकोमा खुसि ब्यक्त गरेका छन् । प्रशिक्षकका रुपमा भुवन कुमार चौधरी र राजेन्द्र कुमार रायमाझी रहनुभएको तालिममा गाउँपालिकाका १८ जना महिलाहरुको सहभागीता रहेको छ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।