तुलसीपुर, २९ माघ । सामाजिक रुपान्तरण तथा जागरण केन्द्र दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा तुलसीपुर ६ मा कोभिड १९ सम्बन्धी ३ दिने मनोसामाजिक परामर्श तालिम सुरु भएको छ । महिला समुह तथा टोलका अगुवाहरुको लागि आयोजना गरिएको तालिमको उदघाटन तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष नवराज लामीछानेले गर्नुभएको हो । संस्थाका अध्यक्ष चुर्ण बहादुर सुनारको अध्यक्षतामा भएको तालिमको उदघाटन गर्दै वडा अध्यक्ष लामीछानेले तालिमबाट सिकेका कुराहरुलाई आफनो गाउँटोल सम्म लैजान आग्रह गर्नुभएको हो ।तालिम उदघाटनका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष लामीछानेले विगत दुई वर्ष देखी कोरोना माहामारीले गर्दा धनजनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै उहाले जनताको जिबनस्तरलाई माथि उठाउनका लागी विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
माहामारीको समय समेत आफुहरुले जनताको काम गरेको उहाले बताउनुभयो । तिन दिन सम्म संचालन हुने तालिममा तुलसीपुरका १९ वटै वडाका विभिन्न समुह तथा टोलका अगुवाहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार पहिलो चरणमा तिन दिने मनोसामाजिक परामर्श तालिम सन्चालन गरीएको छ भने दोस्रो चरणमा १० दिने सावुन बनाउने तालिम सन्चालन गरीने छ । सो अवसरमा कार्यपालिका सदस्य डिला परियार, तुलसीपुर १६ की वडा सदस्य रमा भण्डारी, पत्रकार दीपक बोहोरा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण तालिम संयोजक सन्तोष चनाराले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।