फाईल फोटो
काठमाण्डौ,२८ माघ । बुटवल–नारायणघाट सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काटिएकाले बढी रुख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रतिनिधि समितिको आज शुक्रवारको बैठकले बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ । त्यसैगरी बैठकले छिमेकी देशबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक गाडीले निर्धारित मापदण्ड र सडकको क्षमताभन्दा बढी मालवस्तु बोके÷नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।