२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुर उपमहानगरको दशौँ नगरसभा सुरु , नेपालकै उत्कृष्ट उपमहानगर बनाएका छौ: पाण्डे

तुलसीपुर , २८ माघ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले झन्डै पाँच बर्षको अवधीमा नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल भएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको १० औं नगर सभाको प्रथम बैठकलाई सम्वोधन गर्दै यस्तो बताउनुभयो । उहाले वितेको झन्डै पाँच वर्ष उपलब्धीमुलक भएको दावी गर्नुभएको छ । आफुहरु अन्तिम आर्थिक वर्षमा रहेको र अहिले सम्म सफलता पुर्वक कामहरु सम्पन भएको उहाले बताउनुभयो । यहाँ सम्म आईपुग्दा आफुहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै उहाले आफनो कार्यकाल निकै उपलब्धी मुलक भएको बताउनुभयो ।

आफुहरुकै पालामा तुलसीपुर उपमहानगरपालिका नेपालकै उत्कृष्ट उपमहानगर घोषित भएको उहाको भनाई छ । जनप्रतिनिधि नहुदा र जनप्रतिनिधि आईसकेपछि तुलसीपुरको विकासले धेरै फड्को मारेको उहाले बताउनुभयो । समृद्ध तुलसीपुर ,सवैका लागी ,सधैका लागी भन्ने नाराका साथ शहर देखी ग्रामिण भेग सम्म सडक,विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, खानेपानी,खेलकुद लगाएतका थुप्रै महत्वपुर्ण विकास निर्माण भएको उहाले बताउनुभयो । तुलसीपुरलाई शिक्षाको हवका रुपमा विकास गर्नका लागी बहुप्राविधिक शिक्षालय, स्वास्थ्य हबका रुपमा मेट्रो अस्पताल संचालन गर्न सफल भएको उहाँले बताउनुभयो ।

यस्तैगरी २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान भईरहकेो उहाले बताउनुभयो । कुनै समय गौचरण बनेको बिमानस्थलमा आफुहरु आईसकेपछि नियमित हवाई सेवा, ईन्धन डिपो स्थापना लगाएका गौरवपुर्ण कामहरु भएको उहाँले बताउनुभयो ।  तुलसीपुरका १९ वटै वडामा वडाबासीहरुको स्वास्थ्यमा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरु स्थापना भएको बताउनुभयो । यसका साथै उपमहानगरलाई मातृशिशु मुत्युदर शुन्यमा झारेको बताउदै उहाले यो ठुलो उपलब्धी भएको बताउनुभयो ।यसका साथै सुरक्षित मेयर आवास कार्यक्रम अन्र्तगत जस्तापाता वितरण गरेको बताउनुभयो ।

साथै उहाले बिकासको मुल आधार मानिएको सडकको विस्तार अन्र्तगत अहिले सम्म १२ सय किमि सडक स्तरोन्नतीको गरेको बताउनुभयो । तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार हरेक योजनाको आवधिक र दिर्घकालिन रणनितिलाई अघि बढाएको हुदा यो विकासको मुख्य आधार स्तम्भ भएको बताउनुभयो । उहाँले सरकारले स्थानिय तहको निर्वाचनको मिति तोके सँगै अब आउने जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्न आतुरहेको बताउनुभयो । नगर सभाको पहिलो बैठकमा नगर प्रहरी बिधेक लगाएतका विधेयक पेश गरी छलफल सुरु गरिएको छ । सो अवसरमा उपप्रमुख माया शर्मा , प्रवक्ता सुर्य बहादुर डाँगी , आर्थिक समितिका संयोजक माधव वली र तुलसीपुर ७ का वडा अध्यक्ष टोप बहादुर केसी लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।