२०८३ कार्तिक १२ गते बिहिवार

थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौं १४ माघ ।  पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेकाे छ । नेपालमा अहिले ८९ हजार नाै सय ४१ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेकाे छन् । २४ घण्टामा १० जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ९७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।