तुलसीपुरको ६ नम्बर वडा कार्यालय माघ ५ गतेसम्म बन्द

तुलसीपुर, ३० पुस । कारोणा संक्रमणका कारण तुलसीपुर उपमहानगरपालिका ६ ले आउदो माघ ५ गतेसम्म अतिआबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । विपत व्यवस्थापन समितिका संयोजक तथा वडा न ६ का वडा अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा शुक्रबार वडा कार्यलयमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निणर्य गरेको हो ।
साथै वडा बाट उपलब्ध हुने अतिआवश्क बाहेकका सेवा सुविधाहरु अनलाईनबाट प्रदान गरीने भएको छ । कोरोना संक्रमण घरघरमा पुगिसकेकाले चेन ब्रेकका लागी ५ गतेसम्म बन्द गरीएको अध्यक्ष लामिछानेले बताउनु भयो ।
त्यसैगरी कोरोना नियन्यन्त्रणका लागि सचेतना अभियान संचालन, कोभिडका बिरामीको पहिचान, संक्रमण दरको अवस्था, वडाबासीलाई कोभिड खोपका लािग पहल गर्ने लगाएतका निर्णयहरु समेत गरेको छ । वडामा अहिले ६५ जना कोरोना संक्रिमत छन् । तुलसीपुरमा सबैभन्दा बढी सक्रमण देखिएको वडा पनि यस वडा भएकाले पहिलो पटक सर्वपक्षिय बैठक बोलाएर केहि समयका लागि अतिआवश्यक बाहयकका सेवा बन्द गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले ६ नम्बर वडा कमिटी सचिव विष्णु प्रसाद सुवेदी, नेपाली कांग्रेसका प्रताप सिंह खत्री, राप्रपाका छोटीलाल चौधरी, जनता समाजवादी पार्टी नेपालका टोपबहादुर महतारा, राष्ट्रिय जनमोर्चाका नारायण भण्डारी, तुलसीपुर उपमहानगरापलिका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपाने , नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेत, प्रदेश टूडे दैनिकका सम्पादक गोपाल शर्मा, वडा सदस्य दुजमान भण्डारी लगाएतले आफु पनि सुरक्षीत रहँदै अन्य नागरिकलाई पनि कोरोना संक्रमणबाट बचाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण वडा कार्यालयकी नानी मैया वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया