दाङमा साँझ ७ बजेपछि होटल खोल्न नपाइने

तुलसीपुर, ३० पुस । दाङमा आज साँझ ७ बजेदेखि लागुहुनेगरी होटल तथा रेष्टुरेण्ट खोल्न नपाइने भएको छ ।

दाङमा कोभिड संक्रमणको दरमा वृद्धि भएपछि साँझ७ बजेपछि होटल तथा रेष्टुरेण्ट र कुनै पनि व्यवसाय संचालन गर्न नपाइने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई उलंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया