तुलसीपुरमा तरकारीको मुल्य मनपरी,मण्डि भित्र फरकफरक मुल्य,उपभोक्ता मर्कामा

फाईल फोटो

तुलसीपुर, २५ कात्तिक । तुलसीपुर बजार क्षेत्रमा पछिल्नो समय तरकारीको मुल्य आकासिएको छ । दशै आउनु अघिबाट बजार क्षेत्रमा तरकारी भाउ अश्वभाविक रुप बढेको हो । विशेषगरी टमाटर, प्याज, गोभि, आलु,लसुन र हरियो धनिया लगाएतका तरकारीको भाउ निरन्तर रुपमा बढेको छ ।कोरोना माहामारीको समयमा प्रति किलो ५ देखी दश रुपैया पर्ने टमाटरको मुल्य हिजोआज बजारमा प्रतिकिलो एक सय देखी एक २० रुपैया सम्म पुगेको छ ।लामो समय सम्म तरकारीको भाउ यसरी महंगिएपछि उपभोक्ता मर्कामा परेका छन् । उपभोक्ताहरुले महंगोमा तरकारी किनेर खान बाध्य भएको बताएका छन् ।

तर तुलसीपुर बजारमा भने तरकारीको मुल्य मनपरी भएको पाईएको छ ।तुलसीपुर क्षेत्रका व्यापारीहरुले आफु अनुकुल तरकारीको मुल्य निर्धारण गरेपछि पसल अनुसार तरकारीको मुल्य पनि फरकफरक हुने गरेको पाईएको छ । तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको व्यवस्थित तरकारी तथा फलफुल बजार भित्रै यस्तो समस्या देखीएको छ ।मण्डि भित्र तरकारीको मुल्यमा एकरुपता देखीएको छैन ।मण्डि भित्रका व्यापारीहरुले एउटै तरकारीलाई फरकफरक मुल्यमा विक्रि गरेको पाईएको छ । उनीहरुले किसानबाट खरिद गरी ल्याएका तरकारीहरु दुई थरीको मुल्यमा विक्रि वितरण गदै आएका छन् । उनीहरुले खुद्रा र थोक गरी दुई किसिमले विक्रि गदै आएका छन् ।

त्यो पनि पसलै पिच्छे फरकफरक मुल्यमा तरकारी विक्रि गरेको पाईएको छ । किसानहरुबाट एउटै मुल्यमा तरकारी खरिद गरेपनि उनीहरुले विक्रि वितरण गर्दा फरकफरक मुल्यमा विक्रि गरेको पाईएको छ । मन्डि भित्रका हरियाली तरकारी पसलका सन्चालक नर बहादुर ओली , खड्का तरकारी पसलका संचालक झुपलाल खड्का र बुढाथोकि तरकारी पसलका संचालक देवराज खत्री संग तरकारीको मुल्य बारे जानकारी लिन खोज्दा छुट्टाछुट्टै प्रतिक्रिया आएको छ ।केहि तरकारीको मुल्यमा एकरुपकता देखीएता पनि अधिकांस तरकारीको मुल्यमा फरकफरक मुल्य निर्धारण गरेको पाईएको छ ।

यसरी बजारमा तरकारीको भाउ किन महंगो भएको हो ?भन्ने प्रश्नमा उनीहरुले बाहिरीबाट तरकारी ढुवानी खर्च, तरकारी कुहेर जाने र कोठा भाडा तिनुपर्ने लगाएतका कारणले गर्दा किसानबाट खरिद गरेको मुल्य भन्दा बढिमा विक्रि गर्नुपर्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।

तुलसीपुर तरकारी बजारमा २०७८ कात्तिक २४ गतेको तरकारी मुल्य विवरण
मण्डि भित्रका कुन पसलमा कति मुल्य

स्रोत : मण्डि भित्रका सम्बन्धित तरकारी व्यापारी

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया