२०८३ मङ्सिर ९ गते बुधवार

एकसय दिन अभियान, १० करोड संकलन

तुलसीपुर, ५ असोज ।  तुलसीपुर मेट्रो अस्पतलालाई आधुनिक र सुविधासम्पन्न बनाउन एकसय दिन अभियान दश करोड संकलन अभियान संचालन गरिने भएको छ । कोरोना महामारीको सकसपुर्ण अवस्थामा स्थापना भएको अस्पतालको विकास र विस्तारका लागि आवश्यक भौतिका पूर्वाधारको विकास, थप जग्गा उपलब्धता, स्वास्थ्य उपकरण खरिद, २४ सै घन्टा आपतकालिन सेवा, थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा एकसय दिन अभियान, १० करोड संकलन अभियान समिति गठन गरिएको हो । समितिमा तुलसीपुर उपमहानगरपालिकामा रहेका सबै समाजिका संघसंसथा, समाजसेवी यसको सदस्य रहनेछन् ।

त्यसैगरी अस्पताललाई आवश्यक पर्ने जाग्गा उपलब्धतका लागि तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष वेदबहादुर केसीको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति, सुशिल बस्नेतको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । त्यसैगरी विभिन्न संघसंसथा, व्यक्तिबाट प्राप्त सहयोग संकलनका लागि तुलसीपुर उद्योगबाणिज्य संघ, मेट्रो अस्पतल, तुलसीपुर उपमहानगरपालिकाको नाममा खाता संचालन गरिने भएको छ । अन्तरष्ट्रिय दातृ निकायहरुबाट सहयोग प्राप्त गर्नकालागि तुलसीपुर जेसिज, किवानिज लगाएतका संस्थाहरुले समन्वय गर्ने निर्णय पनि भएको छ ।

तुलसीपुर उपमहागरपालिका गनर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भाएको छलफल कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश साहु, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे , चुलसीपुरमा चेम्बर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरी, तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल जेठुकान्छु , पत्रकार सुशिल बस्नेत, तुलसीपुर जेसिजका अध्यक्ष नारायण भट्टराई , कोभिड फोकल पर्सन बिमल केसी लगाएतले आआफ्ना धाराना राख्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।