२०८३ मङ्सिर ९ गते बुधवार

रोगबाट बच्न फोहर व्यवस्थापन गर्नुपर्छ : नगर प्रमुख पाण्डे

तुलसीपुर, ६ असोज । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले रोगको संक्रमणबाट बच्नका लागि अस्पतालजन्य फोहरको व्यवस्थानमा ध्यान दिनुपर्ने बताउनु भएको छ । फोहरबाट नै रोगको संक्रमण फैलिने भएकाले यसको व्यवस्थापनका लागि संयुक्त रुपमा सबै लाग्नु पर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम यूएनडिपीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई फोहर व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले यस्तो बताउनु भएको हो ।

कोरोना संक्रमणपछि निजी र सरकारी हस्पिटलमा अस्पतालजन्य फोहर उत्पादनमा वृद्धि भएको भन्दै उचित समयमा यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले नियमन र अनुगमणलाई अघि बढाउने नगर प्रमुख पाण्डेले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाभरीको फोहरलाई व्यवस्थापन गर्नकालागि पाण्डेले यूएनडिपी र विभिन्न सामाजिक संघसंस्थालाई अपिल समेत गर्नुभएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम नेपालकी आवासीय प्रमुख आयशानी लाबेले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेलाई निडिल कटर, बकेट लगाएतका आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा डा. सुरेन्द्र प्रसाद चौरसीया, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख डा. विनोद सिंह, निमेश ढकाल, लगाएतले फोहर व्यवस्थापन बिना, व्यक्ति, समाज स्वस्थ हुन नसक्ने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जीवन खड्काले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।