राप्ती प्रादेशिकमा आइपुग्यो अक्सिजन प्लाण्ट

फाइल फोटो

तुलसीपुर, १ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लाण्ट आईपुगेको छ । भदौ महिनाभित्र अक्सिजन प्लाण्ट संचालनमा ल्याउनेगरी फेयर टे«ड प्रालि काठमान्डौले राप्ती प्रादेशिक अस्पताल तुलसीपरसंग असार १८ गते सम्झौता गरेको छ ।
दैनिक ७५ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सक्ने क्षेमता रहेको प्लाण्टको केहि दिनभित्र जडान कार्य सुरु गरिने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहले जानकारी दिनुभयो । लकडाउनका कारण समयमै सामान उपलब्ध नहुँदा काम ढिलो भएको र तोकिएको समयमा सम्पन्न हुने मेसु सिंहले बताउनुभयो ।

कोरोना माहामारीमा दैनिक तुलसीपुर क्षेत्रमा साढे तीन सय अक्सिन सिलिण्डरको माग थियो । यद्यपी यो संचालनमा आएमा केहि सहज हुने अस्पतालले जनाएको छ । यस अघि संचालनमा आएको अक्सिजन प्लाण्टले दैनिक १० देखि १२ वटासम्म अक्सिजन प्लाण्ट उत्पादन गर्दै आइरहेको छ । जेठ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सहित १२ वटा अस्पतालका लागि १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो ।

अक्सिज अभावमा कोरोना संक्रमित बिरामीको धमाधम मृत्यु हुन थालेपछि कोभिड –१९ को रोकथाम, उपचार तथा नियन्त्रण गर्न सबै उपाय अबलम्बन गर्ने नीति अनुरुप देशका अधिकांस अस्पतालमा अक्सिजन प्लाण्ट, पाइप लाइन, एचडियु जडानका लागि अर्थ मन्त्रालयले बजेटको सूनिश्चितता गरेको थियो । जसमध्य राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पाइप लाइन सहितको अक्सिजन प्लाण्ट जडानका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया