होटेलमा मृत भेटिएका युवकको साथमा सुसाईट नोट !

तुलसीपुर, ९ तुलसीपुर । तुलसीपुरको एक होटेलमा मृत फेला परेका युवकको साथमा सुसाईट नोट भेटिएको छ । आफु परिवारबाट एक्लो महसुस भएको भन्ने आशयको सुसाईट नोट भेटिएको बुझीएको छ । यद्यपी प्रहरीले सुसाईट नोटको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक युवक तुलसीपुर उपमहानगरपालिका–१५ डुरुवाको सरैया निबासी १९ बर्षका करण मीश्र रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

घरबाट असार ७ गते निस्केका युवक हिजो दिउँसो तुलसीपुरको बसपार्कमा रहेको रत्नमुराल होटेलको १०७ नम्बर कोठामा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया