तुलसीपुर, १७ जेठ । तुलसीपुर मेट्रो हस्पिटललाई थप व्यवस्थीत बनाउनका लागि छलफल भएको छ । उपचार सेवालाई थप प्रभावकारी बनाउनका लागि दक्षजनशक्ति, अत्याधुनिक ल्यावको व्यवस्थापन र आगामी योजनाका विषयमा छलफल भएको हो ।
चिकित्सक र स्वास्थ्यकर्मी सहितको सहभागितामा गरिएको छलफलमा कोरोना महामारीका विरुद्ध लड्दा भोग्नु परेको समस्या, चुनौति र यसको समाधानको विषयमा पनि छलफल गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा चिकित्सक र स्वास्थ्यकर्मीले आ–आफ्ना भनाइहरु राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाले भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत संचालनमा ल्याएको मेट्रो हस्पिटलमा अहिले ५० बेडको अक्सिजन सहितको कोरोना आइसोलेसन संचालनमा ल्याएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार





