२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा सेवा सुरु

तुलसीपुर, २७ बैशाख । तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ । अक्सिजन सहितको ५० बेडको अस्पतालको सम्पूर्ण तयारी पुरा भएपछि सोमबार राति पौने ११ बजेदेखि सेवा सुभारम्भ भएको हो । अस्पतालमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका –६ निबासी दुई जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।अस्पतालमा डा महेश कुमार खनाल, डा. देवराज केशी, डा. शिव सुवेदी , डा. मदन विसी, डा. गोकर्ण दहाल लगाएतको टोलि रहेको तुलसीपुर उपमहागनरपालिका जनस्वास्थ्य निरीक्षक तथा  फाेकल पर्सन  बिमल केसीले जानकारी दिनुभयो ।

निरन्तरको मेहनत र संघर्षपछि तुलसीपुर कोरोना आइसोलेसन अस्पताल संचालनमा आएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा सेवा सुचारुभएसंगै नगर प्रमुख पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा संचालनमा विभिन्न तह र क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल तुलसीपुर–८ अस्वारामा सेवा प्रारम्भ भएको छ ।अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी, तथा मजदुर, सहयोगी महानुभावहरु कर्मचारी, स्वयंमसेवक र स्थानीइ दाजुभाइ दिदीबहीनीहरु सबैलाई धन्यवाद

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।