तुलसीपुर, २७ बैशाख । नेपाल रेडक्रस सोसाइटी दाङले तुलसीपुर कोरोना आइसोलेसन सेन्टरलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । यूनिसेफको साझेदारीमा रेडक्रसले तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टरकालागी खानेपानी, सरसफाई तथा स्वच्छता र फोहोर व्यवस्थानका लागी सहयोग गरेको कार्यक्रम अधिकृत विश्राम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम अधिकृत अधिकारीका अनुसार रेडक्रसले यूरोगार्ड फिल्टर २ थान, एक हजार लिटरको ट्यांकी एक थान, एचपि मोटर १ थान, सुपानेट झुल ५० थान, डोरी ५० थान, अस्थायी शौचालय २ थान, वेसन २ थान र बाल्टिन लगाएतका सामग्री हस्तान्तरण गरेको हो ।
प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार





