२०८३ भाद्र १० गते बुधवार

राखेका अक्सिजन तत्काल उपलब्ध गराउन तुलसीपुर अक्सिज बैकको अनुरोध

तुलसीपुर , १९ बैशाख । अक्सिजनको चरम रुपमा अभाव बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले त्यसको खोजी गर्ने भएको छ । उपमहानगरपालिकामा बसेको अक्सिज बैकको बैठकले अपुग अक्सिजनको खोजी गर्ने र कतै भण्डारण गरेको भए तत्काल उपलब्ध गराउन विभिन्न उद्योग , संघसंस्थालाई आग्रह गरेको हो ।

बैठकले दाङका युवा वैज्ञानिक मार्शल रोकासंग अक्सिन उत्पादनका लागि समन्वय गर्ने, पिपिई लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराउन सप्लार्यस, विभिन्न संघसंस्था, व्यक्तिलाई आर्ग गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनका लागि विभिन्न संघसंस्थासंग समन्वय गर्न जिम्मेवारी दिने निर्णय समेत अक्सिजन बैकले गरेको छ ।

त्यसैगरी अक्सिजन प्लान्ट जडान गर्नका लागि पहल गर्ने निर्णय पनि भएका छ । अक्सिज बैकका संयोजक घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल , तुलसीपुर अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल (जेठुकान्छु ) तुलसीपुर उपमहागनरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया