२०८३ मङ्सिर ९ गते बुधवार

स्वास्थ्य केन्द्रलाई हाइअर्लटमा बस्न नगर प्रमुख पाण्डेको निर्देशन

फाइल फाेटाे

तुलसीपुर, १७ बैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य केन्द्रलाई हाइअर्लटमा बस्न निर्देशन दिनुभएको छ । नयाँ भेरिएन्ट सहितको कोभिड १९ को संक्रमण बढ्न थालेकाले यसको रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकामा रहेका २० वटा स्वास्थ्य केन्द्रका प्रमुखरुलाई नगर प्रमुख पाण्डेले निर्देशन दिनुभएको हो ।

होम आइसोलेसनमा बसेकाहरुको अवस्था र विवरण संकलन गर्न, अक्सिजन आवश्यक पर्नेलाई घरमै अक्सिजन व्यवस्था गर्न, संक्रमितको घरमा मास्क, सेनिटाईजर पु¥याउन, सिलिण्डर र निमुलाईजरको व्यवस्था गर्न, जोखिम हेरचाह गर्ने इकाई गठन गर्न, खालि सिलिण्डरलाई भरेर तयारी अवस्थामा राख्न, नयाँ अक्सिजन सिलिन्ण्डर भेटिएसम्म खरिद गर्न, खालि भएका बेडको पहिचानगरी जोखिममा रहेका कोरोना संक्रमितलाई तत्तकाल उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

त्यसैगरी प्रत्येक वडामा वडाध्यक्ष, वडासचिव र स्वास्थ्य केन्द्र प्रमुखको तीन सदसीय टोली बनाई कोरोना संक्रमितको अवस्था हेरेर घरमा सम्भव भए घरमै नभए अस्पतालसम्म पु¥याउनका लागि समन्वयकारी भूमिका खेल्न पनि नगर प्रमुख पाण्डेले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।