घरबाट ननिस्कन तुलसीपुरका मेयरको आग्रह

एक हप्ता विद्यालय बन्द गर्न सुझाव

तुलसीपुर, ३ बशाख / तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अत्यावश्यक काम बाहयक घरबाट ननिस्कन सबैमा आग्रह गर्नु भएको छ । कोरोना संक्रमणको दर अस्वभाविक तवरले बढ्न थालेपछि पूर्व तयारीका लागि तुलसीपुर उपमहानगरपालिका विपत तथा वातावरण व्यवस्थापन समितिले आयोजना गरेको छलफलमा नगर प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो ।

‘घरबाट बाहिर ननिस्कनुस । काम परे मास्क लगाएर बाहिर निस्कनुस । भिडभाडमा नजानुस । सामाजिकदुरी कायम गर्नुस,’ नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘किनकी दुई हप्तामा २४ जना कोरोना संक्रमित बेलझुण्डी अस्पतालमा भर्नाभइसके । भयावह अवस्थाबाट जोगिन सचेत र सजग हुनुस ।’

चर्को बिरोधका बाबजुत एक सय बाट २५ बेडमा झारेको कोरोना विशेष अस्पताल बेलझुण्डीलाई एक सयमा पु¥याउने र आवश्यक परे अस्वारामा रहेको मेट्रो हस्पिटललाई पनि ५० बेडको बनाउन सकिने बताउनुभयो । संसारका मै हुँ भन्ने देशमा पनि उपचारको व्यवस्थापन नहुँदा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको बताउँदै तुलसीपुरमा हस्पिटल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको बताउनुभयो ।

नगर प्रमुख पाण्डेले सबै वडामा बैठक बसेर कोरोना विरुद्धको अभियानमा जुट्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिनुभयो । तुलसीपुरमा नयाँ संक्रमितको संख्या ३८ पुगेको छ भने बिहीबार एक महिलाको मृत्यु भएको छ । यसैगरी स्वास्थ्य सम्वद्ध निकायले एक हप्ता विद्यालय बन्द गर्न सुझाव दिएका छन् ।

‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । सक्रिय संक्रमितले कोरोना विशेष अस्पताल बेलझुण्डी हाउसफुल भएको छ,’ अस्पतालका व्यवस्थापक दोर्ण वलीले भन्नुभयो–‘अब संक्रमित उपचारका लागि आयो भने गेटमै मर्ने अवस्था हुनसक्छ । यस्तो अवस्थामा को जिम्मेवार हुन्छ ?’

२५ बेडको क्षेमता रहेको बेलझुण्डीमा अहिले २५ जनाको उपचार भइरहेको बताउँदै कोरोनाबाट प्रायजसो बालबालिका प्रभावित भएकाले परीक्षाको तयारी गर्नुपर्ने र चैते दसैं समेत आएकाले एक हप्ता विदा गर्दा कुनै फरक नपर्ने बताउनुभयो । कोरोना विशेष अस्पताल बेलझुण्डीमा १२ बर्षदेखि ३८ बर्ष उमेर समुहका कोरोना संक्रमिति छन् । १२ बर्षका बालकका वुवा–आमाको कोहलपुरमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ भने बिहीबार मृत्यु भएकी महिलाका श्रीमानको पनि आईसीयूमा राखेर उपचार भइरहेको छ । त्यसैगरी एकै घरका तीनजना संक्रमितको पनि बेलझुण्डीमै आईसीयूमा राखेर उपचार भईरहेको छ ।

तुलसीपुरमा कोरोना संक्रमितको संख्या र यसको जोखिमका विषयमा प्रस्तुतीकरण गर्दै तुलसीपुर उपमहागनरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीले दोस्रो लहरको कोरोना, लक्षण सहितको खतरनाक भएकाले हेलचेक्राई नगरी समयमा सचेत बन्न आग्रह गर्नुभयो । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले सेनीटाईजर, माक्स र समाजिकदुरी अनिावार्य पालना गर्नुपर्नेमा जोड दिएका थिए । दाङमै एक ठाउँ बन्द र अर्को ठाउँ खुल्ला गर्दा त्यसको खासै प्रभावकारिता नदेखिने भन्दै समन्वय गरेर अघि बढ्न सुझाव दिएका थिए ।

विपत तथा वातावरण व्यवस्थापन समितिका संयोजक नवराज लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राप्ती लाईफ कियर हस्पिटलका प्रबन्धक जीवन भण्डारी, वृद्धसेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, नेकपा माओवादीका नेता खुशीराम चौधरी, नेश्नल प्यावसन दाङका कार्यवाहक अध्यक्ष भोजराज न्यौपाने, रेडक्रसका सन्तोष ढकाल, गैरसरकारी संस्था महासंघका नानीमैया वली लगाएतले आफ्ना धारना राखेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया