तरकारी तथा फलफूलको मुल्यमा एकरुपता ल्याउन निर्देशन

तुलसीपुर, १९ फागुन / तुलसीपुर उपमहानगरपालिका अन्तर्गत उपभोक्ता हित संरक्षण शाखाले तरकारी तथा फलफूलको मुल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । बुधबार बिहान ६ बजे तुलसीपुरको तरकारी तथा फलफुल बजारमा गरिएको अनुगमनका क्रममा पसलपिच्छे तरकारी तथा फलफुलको मुल्य फरक भएपछि तीन दिनभित्र मुल्य सूचि टाँस गरेर मुल्यमा एक रुपता ल्याउन निर्देशन दिएको शाखा अधिकृत रेखा शर्माले जानकारी दिनुभयो ।

किसानसंग थोरै मुल्यमा खरिद गरेर महंगो मुल्यमा बेच्ने गरेको जनगुनासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले अनुगमण गरेको थियो ।अनुगमण टोलीले दर्ता प्रमाणपत्र देखिनेगरी राख्न, फोहरमैलाको व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।

अनुगमण टोलीमा उपभोक्ता हित संरक्षण शाखा अधिकृत रेखा शर्मा, कृषीशाखा अधिकृत धनराज गौतम, ईलाका प्रशासन कार्याल तुलसीपुरका तिलक बहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी साहयक निरीक्षक द्धोय जगतराम चौधरी, माधव श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य सुरेश श्रेष्ठ, तुलसीपुर उद्योग बाणिज्य संघका सचिव खुशलराम शर्मा लगाएतको सहभागिता रहेको थियाे । अनुगमण टोलीले तीन दिनभित्र दिएको निर्देशन कार्यान्वयन नगरे उपभोक्त ऐन अनुसार कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया