दाङ, १८ फागुन । सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व (नेकपा) संग वार्ता गर्नका लागी गृहमन्त्री राम बहादुर थापा(बादल)को संयोजकत्वमा बार्ता टोली गठन गरेको छ ।
बार्ताका लागी समस्या समाधान गर्नका लागी गृहमन्त्री बादलको संयोजकत्वमा दुई सदस्यिय समिति गठन गरीएको छ । समितिको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहनु भएको सरकारका प्रवक्ता एवं सन्चार तथा सुचना प्रविधि मन्त्रालयका पार्वत गुरुङले मंगलवार प्रेस विज्ञप्ती जारी गरी यस्तो जानकारी दिनुभएको हो ।
प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।