जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया शुरु

काठमाण्डौँ,३ साउन । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया शुरु गरेको छ । आयोगले पहिलो चरणमा निर्वाचन सकिएका जिल्लामा समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको छ ।  ती अधिकृतहरु आजदेखि कार्यक्षेत्रमा जांदैछन् ।

आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणका ३४ मध्ये ३१ जिल्लामा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । चितवन, नवलपरासी र रुकुममा निर्वाचन अधिकृत पछि तोकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७४ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया