फोटो फाईल
चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि आज राति सवा ९ बजेदेखि मतदान शुरू हुने भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन अनुसार बेलुका साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ ।
त्यस्तै साढे ७ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ । पौने ९ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ । सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान हुने छ । भोलि बिहान साढे १ बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ ।
प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार






