२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरका अधिंकास नागरिक स्वास्थ्य सेवाको पहुँचमा, अधिंकास स्वास्थ्य संस्था भवनविहिन

सांकेतिक फाईल फोटो

तुलसीपुर, १३ पुष । तुलसीपुर उपमहानगरपालिका क्षेत्रका अधिकांस नागरिक स्वास्थ्य सेवाको पहुँचमा छन् । जनस्वास्थ्य प्रर्वद्धन शाखाका अनुसार स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य ईकाई र मेट्रो अस्पताल गरी उपमहानगरका १९ वटै वडामा २० वटा सरकारी स्वास्थ्य संस्थाबाट नगरवासीहरुले पाएक पर्ने स्थानबाट सेवा लिईरहेका छन् । तुलसीपुर क्षेत्रमा ९ वटा नगर स्वास्थ्य केन्द्र, ८ वटा स्वास्थ्य चौकी, २ वटा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र र भिमसेन शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र तथा मेट्रो अस्पतालबाट सेवा प्रवाह भईरहेको छ ।

तर ती मध्ये अधिंकास स्वास्थ्य संस्थाको आफनै भवन छैन । कतिपय स्वास्थ्य संस्थाले भाडामा सन्चालन गरेका छन् भने कतिपय स्वास्थ्य संस्थाको बनेका स्वास्थ्य भवन मापदण्ड अनुसार नभएको पाईएको छ । स्थानिय स्तरमै नागरिकलाई सामान्य देखी आधारभुत स्वास्थ्य सेवा दिने उद्देश्यका साथ स्वास्थ्य संस्थाहरु स्थापना भएपनि आबश्यकता अनुसार प्रर्याप्त संरचना र जनशक्ति नहुदा सेवा प्रवाहमा समेत समस्या भईरहेको सम्वन्धित स्वास्थ्य संस्थाहरुले बताएका छन् ।

नागरिकलाई स्वास्थ्य सेवा दिने त भनियो तर सुविधासम्पन्न संरचना नहुदा सेवा प्रवाहमा समस्या भएको उनीहरुको भनाई छ । स्थास्थ्य संस्थाहरुमा कतै सुविधा छ भने कतै भवन छैन , कतै भवन छ भने कतै सुविधा छैन । यस्तो बाध्यात्मक परिस्थितिमै तुलसीपुर क्षेत्रका स्वास्थ्य संस्थाहरुले सेवा दिदै आएका छन् । कतिपय स्वास्थ्य संस्थाहरु साविक गाविस भवन र नगरपालिकाको वडा कार्यालय तथा विद्यालय भवनबाट सन्चालनमा रहेको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिएका छन् ।

स्वास्थ्य संस्थाको भवन भए÷नभएको विवरण यस्तो छ

पर्सेनी नगर स्वास्थ्य केन्द्र अहिले साविक हलवार गाविसको कार्यालयबाट सन्चालनमा छ । केन्द्रको चार कोठे भवन निर्मामाणधिन अवस्थामा छ । यस्तैगरी हेमन्तपुर नगर स्वास्थ्य केन्द्रको पनि आफनै सुविधा सम्पन्न भवन छैन । अहिले साविक विजौरी गाविस कार्यालयबाट केन्द्रले सेवा दिदै आएको छ । नगर स्वास्थ्य केन्द्र प्रतापकोटको आफ्नै भवन छ तर त्यहा खानेपानीको समस्या रहेको छ ।

रानागाँउ नगर स्वास्थ्य केन्द्र साविक नगरपालिका वडा नम्वर १ को वडा कार्यालयबाट सन्चालनमा छ भने आफनै भवन बनाउने तयारी केन्द्रले गरेको छ ।स्थानियले दिएको तिन कठ्ठा जमिनमा पाँच कोठे सुविधा सम्पन्न भवन बनाउनका लागी शिलन्यास भईसकेको छ । तकियापुर नगर स्वास्थ्य केन्द्रको पनि आफ्नै भवन छैन । अहिले केन्द्रको भवन निर्माणाधिन अवस्थाको अन्तिम चरणमा छ । दोघरे नगर स्वास्थ्य केन्द्रको पनि भवन निर्माण प्रक्रियामा छ । गोलौरा नगर स्वास्थ्य केन्द्रको पनि भवन छैन ।

यस्तैगरी ड्वाङ्पुर नगर स्वास्थ्य केन्द्र स्थानिय विद्यालयको कार्यालयबाट सन्चालनमा छ । लक्ष्मिपुर नगर स्वास्थ्य केन्द्रको भवन छैन ।
यस्तैगरी डुरुवा स्वास्थ्य चौकि, मानपुर स्वास्थ्य चौकिको भवन छैन भने फुलबारि स्वास्थ्य चौकिको भवन जिर्ण बनेको र मापदण्ड अनुसार नभएकाले पुर्ण निर्माण गर्नुपर्ने अवस्थामा छ । विजौरि स्वास्थ्य चौकि, उरहरि स्वास्थ्य चौकिको भवन समस्या छ भने हलवार स्वास्थ्य चौकिको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भईसकेको छ ।

यस्तै पवननगर स्वास्थ्य चौकि र टरिगाँउ स्वास्थ्य चौकिको पनि भवन रहेको छ तर टरिगाउँको स्वास्थ्य मापदण्ड अनुसराको नभएको पाईएको छ । यस्तै छिलिकोट सामुदायिक स्वास्थ्य ईकाई केन्द्रको भवन भएपनि मापदण्ड अनुसारको छैन भने रक्षाचौर सामुदायिक स्वास्थ्य ईकाई केन्द्र तुलसीपुर ४ को साविक वडा कार्यालयबाट सेवा प्रवाह भईरहेको छ ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया