२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरमा संक्रमितको संख्या ७८७ पुग्यो

तुलसीपुर, १ पुस ।तुलसीपुरमा मंगलवार दुई जना संक्रमित थपिए संगै जम्मा संक्रमित हुनेको संख्या ७८७ पुगेको छ । तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुरका एक महिला र एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै तुलसीपुरमा हाल सम्म २३१ महिला र ५५६ पुरुष गरी ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ७१७ जना कोरोना संक्रमण मुक्त भईसकेका छन् भने २० जना कोरोना संक्रमितको निधन भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

कोरोना मुक्त हुनेमा २०७ जना महिला र ५१० जना पुरुष रहेका छन् । यस्तैगरी निधन हुनेमा ३ जना महिला र १७ जना पुरुष रहेका छन् । तुलसीपुर उपमहानगरपालिका भित्र अझै ७२ जना सक्रिय कोरोना संक्रमित छन् ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया