तुलसीपुर, १८ मंसीर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले प्रदेशका १२ वटा जिल्लामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिरहेको जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिइएको हो ।
“लैङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धताः ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरि ६५ प्रहरी ईकाइहरुबाट सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा आर्थिक बर्षलाई लैंगिक हिंसा विरुद्धको अभियान बर्षको रुपमा मनाउने गृहमन्त्रालयको निर्णय अनुसार बुधबारसम्म ४०७ वटा कार्यक्रमहरु सञ्चालन भइसकेको प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले जानकारी दिनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशमा भएका महिला हिंसाका घटना दर्ताको सम्बन्धमा समेत जानकारी गराइएको थियो । त्यस्तैगरि पहाडी जिल्लामा सवारी दुर्घटना न्युनिकरणकालागि चालकसंग कुराकानी प्रहरी १५ दिने अभियान समेत संचालन गरिएको जानकारी गराइएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।