तुलसीपुर बजारलाई देशकै नमुना शहर बनाउछु : पाण्डे

तुलसीपुर,६ असार ।

स्थानिय निर्वाचन आउन केही दिन वाँकी रहदा दाङको तुलसीपुरमा नेकपा एमालेले प्रचार प्रसारलार्ई तीव्र पारेको छ । यसैक्रममा वडा नम्बर ७ टिकरा पातुमा चुनावि सभा सम्पन्न भएको छ । भेला लाई सम्बोधन गर्र्दै नेकपा एमालेको तर्फ बाट तुलसीपूर उपमहानगरपालीकाका मेयर पदका उम्मेद्धार घनश्याम पाण्डेले तुलसीपूर उपमहानगरपालीकाको बिकाशका लागी आफुले अहिले बाटै योजनाहरु बनाईसकेको भन्दै सम्पूर्ण योजनाहरु पूरा गर्ने बताउनु भयो ।

उहाँले आफूले चुनाव जितेमा तुलसीपुर बजारलाई देशकै नमुना शहर बनाउने बताउनुभयो । साथै उहाले तुलसीपुर लाई नमुना बनाउने योजना आफु सँग मात्र भएकाले जनताको भोट खेर नफाली जिताउन आग्रह गर्नुभयो । यस्तै आर्थिक समृद्धिको लागि सुर्यमा मतदान गर्न अपिल गर्नुभयो । यस्तै उपमेयरका उम्मेदवार माया आचार्यले आम महिला र गरीवि न्यनिकरणका लागि एमालेले मात्र पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७४ असार ६ गते मङ्गलवार
प्रतिक्रिया