दाङ, २ मंसीरर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले गएराती जुवाडेलाई पक्राउ गरेको जनाएको छ । जिल्लाको गैडाकोट ८ स्थित छबिलाल सुबेदीको घरमा पासा जुवा खेली रहेको रहेको आरोपमा स्थानिय ११ जनालाई नगद सहित पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा ५० बर्षिय सुबेदी सहित सोहि ठाउँका ५३ बर्षिय हरि प्रसाद शर्मा, ५८ बर्षिय ढाकाराम भुसाल, ४० बर्षिय भिमलाल वली, ५१ बर्षिय कृष्ण दवाडी, वडा नम्वर ४ बस्ने ६३ बर्षिय नन्द केशब शर्मा , सोहि वडाका ४० बर्षिय मुक्तीनाथ सिग्देल, ३९ बर्षिय रत्न बहादुर सुनार, २५ बर्षिय शरोज गयाजु, ३४ बर्षिय झलक बहादुर राना र वडा नम्वर ८ बस्ने ३० को शुरज गुरुङ रहेका छन् ।
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराती पौने एक बजे जुवा खेलिरहेको अवस्थामा एक लाख चैबिस हजार चार सय पन्चानब्बे रुपैया नगद सहित ६ बटा पासा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।