२०८३ असार ११ गते बिहिवार

रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गयो

डोटी, २७ कात्तिक । उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो ।

राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया