तुलसीपुरमा थपिए ३० जना कोरोना संक्रमित

तुलसीपुर, २६ कार्तिक / तुलसीपुरमा थप ३० जनामा कोरोना सक्रंमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालीका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार मगंलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट सकंलन गरीएको स्वाबमा ३० जना नँया र ४ जना फ्लोअपमा रहेका व्यक्तिहरुमा पुनः सक्रंमण पुष्टि भएको छ ।

सक्रंमण पुष्टि हुनेहरुमा १२ जना पुरुष र १८ जना महिला रहेका छन् । जसमा वडा नम्बर २ का १ जना, वडा नम्बर ५ का १० जना, वडा नम्बर ६ का १०,वडा नम्बर १२ का २ जना, वडा नम्बर १५ का १ जना, वडा नम्बर १६ का ३ जना, वडा नम्बर १८ का २ जना र वडा नम्बर १९ का १ जना रहेको के.सीले जानकारी दिएका छन् । यस्तै फ्लोअपमा रहेका वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का १ जना रहेका छन् । यो सगैं तुलसीपुरमा कोरोना सक्रंमीत हुनेको संख्या ६२९ पुगेको छ ।

जसमा सकृय सक्रंमीत २१५ जना रहेका छन् भने मगंलबार मात्रै ८ जना कोरोना सक्रंमण मुक्त भएका छन् । यो सगैं हालसम्म कोरोना सक्रंमण मुक्त हुनेको संख्या ४०४ पुगेको छ । साथै बुधवार १ जनालाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको फोकल पर्सन केसीले जानकारी दिएका छन ।

अन्य सक्रंमितहरु होम आइसोलेसनमा रहेका छन भने १३ जनालाई घरमै पुगेर उनहिरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी तथा स्वास्थ्य परामर्श गरीएको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया