देउखुरी, २६ कात्तिक ।दाङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मृत्यु भएका तिन जनाको सनाखत भएको छ । सनाखत हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनिया बस्ने वर्ष १६ का मनोज गाह मगर, वडा नम्बर २ बस्ने १८ कसम पुन मगर र वडा नम्बर ८ पिपरी बस्ने वर्ष १८ का दिनेश घर्ती मगर रहेको प्रहरीले बताएको छ ।
मृतकहरुको शबलाई अहिले लमही अस्पतालको शब गृहमा राखिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिदा मोटरसाइकलमा सवार तिन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मोटरसाइकल र ट्रक दुबै अत्याधिक तिब्र गति भएको कारण मानवीय क्षति भएको स्थानीयको भनाई छ । मोटरसाइकललाई ठक्कर दिएर ट्रक पनि पल्टिएको छ भने ट्रक चालक सम्पर्क विहिन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।






