देउखुरी, २६ कात्तिक ।दाङको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी टंक कुमालले गतवर्ष तिहारलाई लक्षित गरि मादल विक्रि गरेर राम्रो आम्दानि गरेका थिए । कुमालले नयाँ मादल विक्रि र पुरानो मादल मर्मत गरेर एकलाख पचाँस हजार आम्दानि गरेको जानकारी दिए । ‘तर योवर्ष मादल विक्रि गर्न सकिएको छैन, कुमालले भने,–। ‘कोरोनाको कारणले गर्दा योवर्ष मादल विक्रि गर्न सकिएन । गतवर्ष यतिखेर विसवटा जति नयाँ मादल बेचिसकेको थिए र सत्तरिवटा पुरानो मादल मर्मत गरेर राम्रो आम्दानी गरेको थिए ।’ ‘
घटस्थापना सुरु भएदेखि मानिसहरू पुराना मादल मर्मत गराउन वा नयाँ खरिद गर्न आउँथे । यसपालि तिहारमा बेच्न जम्मा सातवटा मादल तयार पारेको छु । त्यो पनि बिक्ने निश्चित छैन ।’ ‘गतवर्ष मात्रै नयाँ मादल विक्री र पुरानो मादल मर्मत गरेर दसैं–तिहारको बीचमा एकलाख ५० हजार आम्दानी गरेको थिए ।
उनले भने ‘यसपालि नत नयाँ मादल खरिद गर्न आए नत पुरानो मादल मर्मतका लागि आएनन् ।’बाह्रवर्षको उमेर देखि मादल नयाँ मादल बनाउदैँ विक्री गर्दै आएका कुमालले यसवर्ष पहिलो पटक मादल विक्री नहुदा दुख व्यक्त गरे । उनले भने। यही व्यवसायबाट पाँचजना परिवारको गुजरा चलाउदैँ आएको थिए । अन्य पेशा केही छैन । कोरोनाले गर्दा मादलको माग ह्वात्तै घट्यो । योवर्ष मादलको माग नै आएन ।
परिवार कसरी चलाउने हो । पानी बत्तीको विल कसरी भुत्तानी गर्ने हो । रातभरी निद्रा लाग्दैन ।’ ‘ऐलानी जग्गामा बसेको छु । धितो राखेर संस्थाबाट ऋण खाउ पुर्जा भएको जग्गा छैन । आर्थिक स्थित निकै कमजोर छ । पाँचजना परिवार कसरी पाल्ने हो, कुमालले भने।’देउखुरीका मादल व्यवसायहरुले मादल विक्री गरेर दशैँ तिहार खर्च राम्रै उठाउदैँ आएका थिए । तर यसवर्ष कोरोनाको कारणले गर्दा मादल विक्री नहुदा मादल व्यवसायीहरु चिन्ति बनेका हुन् ।
बाउबाजेले सिकाएको सीपलाई निरन्तरर्ता दिदै आएका देउखुरी क्षेत्रका मादल व्यवासायीहरुले यसवर्ष खर्च जुटाउन हम्मे हम्मे भएको बताउटन् । मादल खरिद गर्नको लागि दाङ सहित विभिन्न छिमेकी जिल्लाहरुबाट मानिसहरु आउने गरेको मादल व्यवसायीहरुको भनाई रहेको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।