सल्यान, २१ कार्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार विहान निधन भएका सल्यान जिल्ला कमिटी सदस्य मोहमद मीयाको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ७ जिताथानमा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य तथा पार्टीका कपुरकोट गाउँपालिकला इन्चार्ज भिम बहादुर सेनले मियाको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएका हुन् ।
सल्यान उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका मियाको निमोनियाको कारण शुक्रबार विहान उपचारकै क्रममा निधन भएको थियो । उनी श्रीनगरका प्रतिष्ठीत ब्यापारी र समाजसेवी हुन् । उनको शुक्रबार नै मुस्लीम परम्परा अनुसार अन्त्यष्टी गरिएकोे छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार






