देउखुरी, १९ कार्तिक । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले आर.यास. फिल्म रेकर्डिङ स्टुडियो उद्घाटन गरेका छन् । सात लाख लगानी रहेको आर.यास फिल्मसको बुधबार लमहीमा नगर प्रमुख केसीले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै नगर प्रमुख केसीले सबैसंग समन्वय गरेर नयाँ व्यवस्थापनका साथ यस रेकर्डिङ स्टुडियो संचालन र यसको प्रचारप्रसार गर्न जरुरी रहेको बताए । उनले भने,(–। ‘दाङ धेरै कलाकारहरु उत्पादन भएको जिल्ला हो ।
यहाँबाट धेरै गित, फिल्महरू रेकर्डिङ भएको छ । सबै कलाकारसंग समन्वय गर्न सकियो भने सफलता हासिल गर्न सकिन्छ ।’ ‘राजधानी भएको कारणले गर्दा पनि यसको आवश्यताको महशुल भएको थियो ।’उद्घाटन कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले लुम्बिनी प्रदेशको लमही नगरपालिका भित्र नमुना कामको सुरुवात भएको बताईन् । लमहीमा पहिलोपटक आर.यास. फिल्मिस रेकर्डिङ स्टुडियो लमहीमा संचालनमा आएको छ । नयाँ यवस्थापनका साथ दाङको लमहीमा पहिलोपटक आर.यास. फिलिम रेकर्डिङ स्टुडियो लमहीमा संचालनमा आएको हो । कार्यक्रममा नेपालका राष्ट्रिय तथा हास्य कलाकार कमल गाउँले एउटा गित रेकर्डिङ गर्न काठमाडौ जाने बाध्यता अन्त्य भएको बताए ।
कार्यक्रममा साहित्यकार निमबहादुर थापा, पत्रकार केपि घिमिरे, गायक तथा संगितकार यादवनाथ योगी लगायतले बोल्नु भएको थियोे । कार्यक्रमको सहजिरकण पत्रकार प्रिया स्मृति गजमेरले गरेका थिए । आर.यास. फिल्म रेकर्डिङ स्टुडियो लमहीमा हिन्दी, नेपाली, मैथमी, भोजपुरी, चौधरी, लोक दोहोरी, लगायत अंग्रेजी भाषाको छोडेर अन्य सम्पूर्ण भाषाका गित रेकर्डिङ गरिनुका साथै कभर भिडियो, सिरियल, फिल्म, रेकर्डिङ विज्ञापन गरिने संचालक शर्माले जानकारी दिए । यो संग दाङमा दुईवटा गित रेकर्डिङ स्टुडियो संचालनमा आएको हो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।