२०८३ साउन २५ गते सोमवार

सल्यानमा ट्याक्टर पल्टिदा ४ जना घाइते

फाइल फोटो

तुलसीपुर, १५ कार्तिक / सल्यानमा ट्याक्टर पल्टिदा ४ जना घाईते भएका छन् ।

स्वाराबाट जिउला धान र पराल ल्याउँन जाँदै गरेको रा१त ३४२४ नम्बरको ट्याक्टर पल्टिदा चालक सल्यानको वनगाड कुपिन्डे गाउँपालिका–९ स्वारा निबासी देवराज बस्नेत गम्भिर घाईते भएका छन् ।

 

यो पनि पढ्नुहोस ।

ट्याक्टर पल्टिदा सहचालकको मृत्यु

अन्य ३ जना सामान्य घाइते भएको अस्थाई प्रहरी पोष्ट बाबीया चौरका प्रमुख प्रहरी साहयक निरीक्षक देवकुमार श्रेष्ठले जानकारी दिए । गम्भिर घाइते बस्नेतलाई सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको । ट्याक्टर सडकदेखि ५० फिट तल खसेको छ । दुर्घटना बिहान ८ बजे भएको प्रहरी साहयक निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया