२०८३ भाद्र २४ गते बुधवार

ट्याक्टर पल्टिदा सहचालकको मृत्यु

जाजरकोट, १५ कार्तिक । जाजरकोटमा ट्याक्टर पल्टिदा सहलचालको ज्यान गएको छ ।

सल्यानको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर छेडागाड नगरपालिका–१० धारामा पल्टिदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले जानकारी दिए ।

डिजेल बोकेर जाँदै गरेको ट्याक्टर गएराति धारा भन्ने स्थानमा सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । चालक भने फरार रहेका छन् । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट तेल ढुवानी गरिँदै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।