तुलसीपुर उपमहानगरका नगर प्रवक्ता कोरोना संक्रमण मुक्त

तुलसीपुर १३ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सुर्य बहादुर डाँगीले कोरोना संक्रमण मुक्त भएका छन् । तुलसीपुर १२ का वडा अध्यक्ष समेत रहेका डाँगीलाई गएको असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आईसोलेसनमै बस्दै आएका थिए ।

दुई हप्ता सम्म होम आईसोलेसनमा बसेर पुन कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि विहिवारबाट उनी संक्रमण मुक्त भएका छन् । तुलसीपुर उपमहानगर कोभिड १९ फोकल पर्सन बिमल केसी सहितको स्वास्थ्यकर्मी प्रवक्ता डाँगीको घरमा पुगेर संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया