२०८३ जेष्ठ २७ गते बुधवार

वैशाख यता विपतमा परि ४ सय ६३ जनाको मृत्यु्

फाईल फोटो

काठमाडौ, १२ कात्तिक । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाख यता चार सय ६३ जनाको मृत्यु भएको छ भने एक सय एक जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ ।

यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७जना बेपत्ता छन् । यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया